Premier Cables
Premier Steel

राजनीति

कांग्रेस दास र लासहरुको पार्टी होइनः गगन थापा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष २७, २०८२  | साँझ ७:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस दास र लाशहरूको पार्टी नभएको स्पष्ट पारेका छन्।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसभित्र प्रश्न गर्ने संस्कार अझै जीवित रहेको उल्लेख गरे। “कांग्रेस दास र लाशहरूको पार्टी होइन। यहाँ प्रश्न मरेको छैन। कोही ‘बा’ छैन, नबोल भनेकै भरमा बोल्न छाड्ने अवस्था छैन,” उनले भने।

बिज्ञापन

उनले पार्टीभित्र मालिक र दासको सम्बन्ध अस्वीकार्य भएको बताउँदै भने, “कांग्रेसमा न कोही मालिक छ, न कोही दास। यदि थियो भने पनि आजबाट त्यसको अन्त्य भएको छ। भोलि जो नेतृत्वमा आए पनि पार्टी सदस्यलाई हेप्ने अधिकार कसैलाई छैन। तल बस्ने व्यक्तिलाई माथि बस्नेले निहुरिएर ‘जय नेपाल’ भन्नुपर्छ।”

थापाले विशेष महाधिवेशनले कुन निर्णय गर्छ भन्ने विषयमा आफू अनभिज्ञ रहेको बताए। “यो प्रक्रिया कहाँ पुगेर टुंगिन्छ, थाहा छैन। भोलि महाधिवेशनको बैठक बस्छ र त्यसले जे निर्णय गर्छ, मेरो लागि त्यो स्वीकार्य हुन्छ। म त्यसलाई मान्न बाध्य छु,” उनले भने

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa