Premier Cables
Premier Steel

राष्ट्रिय

‘डा. शेखर कोइरालाको आवाजलाई साकार पार्न विशेष महाधिवेशनमा आएको हुँ’

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष २७, २०८२  | साँझ ५:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता केदार कार्कीले डा. शेखर कोइरालाले अघि सारेको धारणा र सपनालाई साकार पार्न विशेष महाधिवेशनमा सहभागी भएको बताएका छन्।

उनले डा. कोइरालाप्रति सम्मान व्यक्त गर्दै वर्तमान नेतृत्वले दिएको टिकट स्वीकार नगर्ने उनको अडानलाई आत्मसात् गर्न आफू महाधिवेशनमा आएको बताए। “डा. शेखरको आवाजलाई व्यवहारमा उतार्न म यहाँ आएको हुँ,” कार्कीले भने।

बिज्ञापन

कार्कीले निर्वाचनअघि नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने भन्दै डा. कोइरालाले संकल्प लिएको कुरा पनि स्मरण गराए। “उहाँ नियमित महाधिवेशनको पक्षमा हुनुहुन्थ्यो, त्यसो हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने उहाँको धारणा थियो,” उनले भने।

डा. कोइरालाको भौतिक उपस्थिति अनिवार्य नभएको उल्लेख गर्दै कार्कीले उनका विचार र संकल्पलाई महाधिवेशन प्रतिनिधिहरूले अघि बढाइरहेको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa