Premier Cables

विराटनगर

ईलाका प्रहरी कार्यालय रानीमा १०५ थुनुवामध्ये ९५ प्रतिशत लागुऔषध सेवन र ओसारपसारमा संलग्न

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

सन्तोष कुमार बाँस्तोला  Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०४, २०८२  | अपराह्न २:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ईलाका प्रहरी कार्यालय रानीमा हाल रहेका १०५ थुनुवामध्ये १०० जना लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय रानी सीमा क्षेत्रमा पर्ने भएकाले सबैभन्दा बढी मुद्दा दर्ता हुने मध्ये पर्छ ।

विज्ञापन

प्राप्त तथ्याङ्क अनुसार २०८२ जेष्ठ ३ गतेसम्म रहेका थुनुवामध्ये अधिकांश लागुऔषध प्रयोगकर्ता, ओसारपसार र कारोबारमा संलग्न छन्।

प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा सीमा क्षेत्रमा लागुऔषध तस्करी र प्रयोगमा कडा निगरानी गर्दै अभियान थालिएको छ ।

भारतसँग खुला सीमाना भएको कारण नेपालमा प्रतिबन्धित लागुऔषध र अन्य सामग्री भारतमा सजिलै औषधि पसलहरूमा उपलब्ध छन्।

यसले गर्दा नेपालमा लागुऔषधको प्रयोग र तस्करी नियन्त्रण गर्न चुनौती रहेको कार्यालयको भनाइ छ ।

रानी क्षेत्रबाट दैनिक रूपमा सयौंको संख्यामा लागुऔषध र अन्य अवैध सामग्रीको तस्करी हुने गरेको छ।

रानी प्रहरी कार्यालयको पछिल्लो सक्रियताले केही हदसम्म लागुऔषध प्रयोगकर्ता र तस्करलाई नियन्त्रण गर्न सफल भएको कार्यालयको दाबी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka