विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्याल विराटनगर आइपुगेका छन् । बुधबार (भोलि) आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन अर्याल विराटनगर आएका हुन् ।
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रणनीति र कोशी प्रदेशको समग्र सुरक्षा अवस्थाको समीक्षा हुने बताइएको छ ।
बिज्ञापन
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले आफू कुनै पनि राजनीतिक दलमा सहभागी नभएको स्पष्ट पारे।
गोष्ठीमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूका साथै कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहने छ।
जिल्लागत सुरक्षा अवस्था, चुनौती र आवश्यक रणनीतिबारे सुरक्षा प्रमुखहरूले आ-आफ्नो ब्रिफिङ प्रस्तुत गर्ने छन्।