Premier Cables
Premier Steel

राजनीति विराटनगर

प्रतिनिधि सभा निर्वाचनमा मोरङ ६ मा ओसिम आलमको चर्चा

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेकपा मोरङद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस, क्षेत्र नं. ६ मा ओसिम आलमको चर्चा चुलिँदो छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मोरङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका छ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली अन्तिम टुंगो लगाउँदै केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ।

जिल्ला कार्यदलले यसअघि सार्वजनिक गरिएको ८० जनाको प्रारम्भिक सूची सुझावका लागि मात्र रहेको स्पष्ट पार्दै हाल पठाइएको नामावली नै जिल्लाको आधिकारिक तथा अन्तिम सिफारिस भएको जनाएको छ।

मोरङ निर्वाचन क्षेत्र नं. ४ र ५ मा एकल उम्मेदवार सिफारिस गरिएको भए पनि अन्य निर्वाचन क्षेत्रमा भने उम्मेदवारहरूको प्रतिस्पर्धा देखिएको छ। तीमध्ये मोरङ निर्वाचन क्षेत्र नं. ६ बाट सिफारिस भएका युवा नेता वसिम आलमको चर्चा सबैभन्दा बढी रहेको छ।

सामाजिक गतिविधिदेखि सामाजिक सञ्जालसम्म सक्रिय देखिने नेकपाका केन्द्रीय सदस्य आलमलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइनुपर्ने माग यतिबेला सामाजिक सञ्जालदेखि चिया चौतारीसम्म व्यापक रूपमा उठ्न थालेको छ।

आलम बाहेक यस क्षेत्रबाट दीपेन्द्र राय, दीपक कुमार ढकाल, सोनेलाल राजवंशी र सञ्जु कुमारी साहको नाम समेत सिफारिस गरिएको छ।

विराटनगर निवासी वसिम आलम विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा आएका नेता हुन्। सबै जात, धर्म र वर्गप्रति समान दृष्टिकोण र व्यवहार गर्ने स्वभावका कारण उनी यस क्षेत्रका चर्चित र लोकप्रिय व्यक्तित्वका रूपमा परिचित छन्।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सिफारिस गरिएका उम्मेदवारहरूलाई आम मतदाताले नजिकबाट नियालिरहेका बेला पार्टी अध्यक्ष माधव कुमार नेपालका निकट पात्रका रूपमा चिनिएका आलमले टिकट पाउने सम्भावना उच्च रहेको जानकारहरू बताउँछन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka