काठमाडौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ ।
आइतबार र सोमबार लगातार दोहोरो अंकले घटेको सेयरबजार मंगलबार भने ३.२७ अंकले बढेको छ । मंगलबार नेप्से २ हजार ५८४.४९ विन्दुमा कायम भएको छ ।
आज सेयरबजारमा ३२८ कम्पनीका सेयर कारोबार भएका छन् । जसमध्ये १३४ कम्पनीका सेयरमूल्य बढेका छन् भने ११७ कम्पनीका सेयरमूल्य भने घटेका छन् । आज सेयरबजारमा ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ३ अर्ब ४२ करोड ९८ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।
कारोबार रकम भने सोमबारको तुलनामा ८ करोड ६० लाख रुपैयाँले कमी हो । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील, लघुवित्त तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् ।
विकास बैंक, लगानी, जीवन बीमा, म्युचुवल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचक ओरालो लागेका छन् ।
एसवाई प्यानल नेपाल, गुराँस लघुवित्त वित्तीय संस्था तथा सयपत्री हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा धेरै गुमाउनेमा भने सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था तथा पिओर इनर्जी लिमिटेडका सेयरधनी रहेका छन् ।

