Premier Cables
Premier Steel

समाचार

कांग्रेस सभापतिमा उठ्ने गगन थापाको घोषणा

Calendar सोमबार, पुष ०७, २०८२  | बिहान १०:३२ बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । सोमबार (पुस ७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यो घोषणा गरेका हुन् ।

महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभई पार्टीलाई नयाँ बनाउने समय भएको उनले उल्लेख गरे । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि उनले बताए ।

बिज्ञापन

जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्नेमा उनले जोड दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka