Premier Cables
Premier Steel

राजनीति

एमाले अध्यक्षमा केपी ओली विजयी, तेस्रो पटक कमान्ड सम्हाल्दै

Calendar बिहिबार, पुष ०३, २०८२  | अपराह्न १:२१ बजे

विराटनगर। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् ।

ओलीको बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । उनले तेस्रो पटक कमान्ड सम्हाल्ने अवसर सुरक्षित गरेका हुन् ।

बिज्ञापन

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।तेसै गरि महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka