Premier Cables

राजनीति

एमालेको वेबसाइट ह्याक

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | अपराह्न ३:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा एमालेको आधिकारिक वेबसाइट तथा भ्रातृ संगठनको वेबसाइटमा साइबर आक्रमण भएको छ। एमालेको मुख्य वेबसाइट cpnuml.org र नेपाल बुद्धिजीवी परिषद्को वेबसाइट nic.cpnuml.org मा अनधिकृत पहुँच पुर्‍याएर ह्याक गरिएको पाइएको हो।

वेबसाइट ह्याक भएपछि मुख्य पृष्ठमा राजनीतिक तथा चेतावनीमूलक सन्देशहरू राखिएका छन्। वेबसाइट खोल्नेबित्तिकै रातो अक्षरमा ‘HACKED FOR JUSTICE’ सन्देश देखिने गरेको छ।

विज्ञापन

ह्याकर समूहले ‘Official Site Warning’ र ‘Parliamentary Integrity Directive – Immediate Effect’ शीर्षकसहित विभिन्न सन्देश सार्वजनिक गरेको छ। साथै, प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नाम उल्लेख गर्दै ‘Final Notice – Do Not Interfere’ अर्थात् ‘अन्तिम सूचना– हस्तक्षेप नगर्नू’ भन्ने चेतावनीसमेत राखिएको छ। यद्यपि वेबसाइट ह्याक गर्नुको उद्देश्यबारे स्पष्ट खुलाइएको छैन।

साइबर सुरक्षा अनुसन्धानकर्मी विजय लिम्बुका अनुसार एमालेको वेबसाइट ‘डिफेस’ गरिएको देखिएको छ। उनका अनुसार वेबसाइटको नियन्त्रण प्रणाली (सी–प्यानल) मा रहेको कुनै कमजोरीको फाइदा उठाएर ह्याकरले अनधिकृत पहुँच हासिल गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ।

उनले वेबसाइटको बाह्य स्वरूप परिवर्तन गरिए पनि भित्र रहेका डेटा सुरक्षित छन् वा छैनन् भन्ने यकिन गर्न नसकिने बताए। वेबसाइटमा सदस्यहरूको विवरण वा अन्य संवेदनशील सूचना रहेकाले त्यस्ता डेटा पनि जोखिममा परेको हुन सक्ने उनको भनाइ छ।

घटनापछि मोबाइल प्रयोगकर्ताहरूलाई ‘साइबर अलर्ट’ जारी गरिएको छ। अलर्टमा ह्याक भएका वेबसाइटबाट मालवेयर फैलिन सक्ने वा भ्रामक सामग्री प्रसारण हुन सक्ने भएकाले ती वेबसाइट नखोल्न तथा सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस घटनाबारे नेकपा एमालेले समाचार तयार पार्दासम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka