Premier Cables
Premier Steel

विराटनगर

डा. शितल यादवले गरे बुहारीले लगाएको आरोपको खण्डन: भने कानुनी लडाईमा छौं, अदालतले जे भन्छ त्यही गर्छौं 

नोट: यो समाचार ३ महिना अघिको हो

सन्तोषकुमार बाँस्तोला  Calendar शुक्रबार, जेठ ०२, २०८२  | अपराह्न ३:५२ बजे

विराटनगर । आफ्नै बुहारीले लगाएको आरोपको विषयमा डा. शितल यादवले खण्डन गरेका छन्। स्वर्गीय श्रीमानको नाममा रहेको जग्गा अदालतले फैसला दिदा समेत आफुलाई भोगचलन गर्न नदिएको भन्दै पत्रकार सम्मेलन गरेकी डाक्टर निता यादवको आरोपको विषयमा उनका ससुरा डा. शितल यादवले खण्डन गरेका हुन् ।

आरोप अस्वीकार गर्दै परिवार पक्षले कानुनी लडाई लडी रहेको र सर्वोच्च निकायले जे आदेश दिन्छ त्यो स्वीकार्न आफुहरु तयार रहेको यादव परिवारले जनाएको छ ।

बिज्ञापन

बिहिवार पत्रकार सम्मेलन गर्दै डाक्टर निता यादवले झुट बोलेर आफ्नो बिवाहा गराइएको, परिवारका सदस्य सासुससुरा र देवरले जहिले मानसिक यातना दिने गरेको भन्दै आरोप लगाएकी थिइन् ।

तर, यस बिसयमा डा. शितल यादवले मुख खोलेका छन् ।

२०६८ सालमा पारिवारिक सल्लाहमा डाक्टर शीतल यादवका जेठा छोरा सुशील यादवको बिवाह निता यादवसँग भएको र बिवाहको ३ दिन पछि एमबिबिएस अध्ययनका लागि परिवारलेनै बंगलादेश पठाएको ससुरा डाक्टर शीतल यादवले बताए।

 

बंगलादेशमा अध्यानको क्रममा बारम्बार फेल हुँदा आफ्नो बाँकी पढाई नेपाल आएर सक्न अनुरोध गर्दा समेत नफर्किएको यादवले बताए ।

माइती पक्ष र आफुले बारम्बार नेपाल आउन दवाब दिए पछि २ वर्ष पछि २ दिनका लागि घर आएको र पुन: माइतनै गएर बसेको यादवको ससुरा डा. शितल यादवको भनाइ छ। श्रीमतीसँग सम्बन्ध राम्रो सम्बन्ध नहुदा बिस्तारै डिप्रेसनको शिकार हुदै गएका छोराले समेत नेपाल आउन अनुरोध गर्दा पनि नेपाल नफर्किएर उतै बसेको र सन् २०१९ मा एमबिबिएस अध्ययन सकेर घर परिवारलाइ जानकारी नदि चिन एमडी अध्यानन गर्न गएको परिवारको भनाइ छ।

बिवाह पछिनै निता श्रीमानसँग बस्न नचाहेको र आफ्नै खुशीले हिंड्ने गरेकोले छोराको अवस्था बिग्रदै गएको डा .शितलको भनाइ छ। आफ्नो उच्च शिक्षा अध्ययन सकिए पछि नेपाल फर्किएकी निता नेपाल आएर समेत घर नआएको र नेपालका विभिन्न ठाउँमा काम गरेर बसेको उनले बताए ।

२०७९ सालमा बिपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानका रोजगारीका लागि फारम भर्दा समेत विवाहित भए श्रीमानको नाम भर्ने ठाउँमा नाम काटिएको पत्र हाम्रो विराटनगरलाई देखाउँदै गुनासो गरे ।

 

२०७९ सालमै श्रीमानसँग अंशको मुद्दा दायर गरेकी निताले जिल्ला र उच्चबाट मुद्दा जिती सकेकी छन् । तर परिवार पक्षले जिल्ला र उच्च अदालत विराटनगरको आदेशको बिरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएको छ ।

सर्वोच्चले दिने आदेश मान्न आफुहरु तयार रहेको डा. शितलले बताए ।

निताका देवर सुनिल यादवले आफ्नो दाजु सिकिस्त बिमारी भएर अस्पताल भर्ना हुदा समेत एक पल्ट हेर्न नआएको र २०८१ साल जेठ ३१ गते दाजुको निधन हुदा समेत नआएर श्रीमानको मृत्युको ३ दिन पछि सिंगापुर घुम्न गएको तस्बिर देखाउदै आरोप लगाए।

 

उनले श्रीमान बिमारी हुदा हेर्न नआउने , मृत्यु हुँदा समेत क्रिया नगरी श्रीमान नमाने पनि सम्पत्तिमा भने आँखा लगाएको भन्दै आक्रोश पोखे ।

 

बिहिवार पत्रकार सम्मेलनमा आफु परिवारबाट पीडित भएको र श्रीमान विवाहपूर्वनै बिमारी भएको आरोप लगाएकी निताले आफ्नो बिमारी श्रीमान लाइ एक पल्ट पनि अस्पताल नलागेको र १३ वर्षको अवधिमा १ महिना पनि सँगै नबसेको डा. शितल यादव परिवारको भनाइ छ ।

 

श्रीमानसँग सँगै नबसेकाले बालबच्चा समेत नभएको निताका देवरको भनाइ छ ।

डाक्टर निता यादवले चलाउने सामाजिक संजालहरुमा कहिँ कतै श्रीमान सुशील यादवका तस्बिर नदेखिने र यो घटना सार्वजनिक भएपछि घुम्न गएको तस्बिर समेत डिलिट गरेको उनका देवर सुनिल यादवको भनाइ छ।

‘पिडित हामी हाै, मेरो दाजु हो। तर महिला भएर पत्रकार सम्मेलन गरेर भाइजुले आफुलाई पीडित देखाउनु भयो । कानूनी कुरा एउटा होला, तर व्यवहारिक र मानवताको हिसाबले हेर्न सबैलाई आग्रह छ ।’ उनले भने ‘कानुनी पाटोमा हामि लडि रहेका छौ, उहाँ पनि लड्दै हुनुहुन्छ अदालतले जे निर्णय गर्छ हामी स्वीकार गर्छाै। तर बुढो हुनुभएको बुवालाई यसरी आरोप लगाउँदै गर्दा उहाँको पनि यथार्थ कुरा बाहिर आउनु पर्छ । समाजले को गलत को सहि निर्णय गर्नेछ। ‘

 

अहिले डाक्टर निताले श्रीमानको नाममा रहेको जग्गामा घर निर्माण गर्दै गरेकी छन् । कानूनी प्रक्रिया पुरा नगरी घर निर्माण गर्दा गाँउपालिकाले रोक लगाएको छ। परिवारले अदालतको निर्णय नआउन्जेल पर्खिन डाक्टर निता यादवलाई अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka