Premier Cables

राजनीति

महाधिवेशन उद्घाटन गर्दै ओलीले भने- एमाले अजम्बरी पार्टी हो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, मंसिर २७, २०८२  | साँझ ५:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन् ।

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्ने क्रममा विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले अविचलित रहेको उनले बताए ।

विज्ञापन

एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ मा देशका आधार स्तम्भमाथि प्रहार भएको बताए । उनले पुराना राजनीतिक दलहरूविरुद्ध गलत भाष्य निर्माण गर्न खोजिएको पनि आरोप लगाए ।

‘सम्झिइरहेको छु, तीन महिनाअगाडिका ती कहालीलाग्दा दिनहरू । जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो । आततायीहरूबाट जलाइरहेको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो,’ ओलीले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो, पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए र एमालेको सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो ।’

अध्यक्ष ओलीले पार्टीविरुद्ध भइरहेको प्रहारबीच पनि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र जनता एमालेको साथमा रहेको बताए । ‘धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर ओर्लिएको छ । म ढुक्कका साथ भन्छु, लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ,’ उनले भने ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka