Premier Cables
Premier Steel

समाचार

पोर्चुगलमा काम गर्दै आएका २० वर्षीय प्रशान्त खड्काद्वारा झापामा दुई ठाउँमा परोपकारी कार्यक्रम सम्पन्न

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर २४, २०८२  | बिहान ११:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। पोर्चुगलको लिस्बनस्थित क्यासिनो लिस्बोआमा Commi–1 का रूपमा कार्यरत २० वर्षीय प्रशान्त खड्का (स्थायी घर: कमल–५, झापा) ले आफ्नो जन्मदिनको अवसरमा झापाका दुई स्थान—कमल–५ स्थित मंगलमया विद्यालय र दमक बाल आश्रम—मा परोपकारी कार्यक्रम सञ्चालन गरेका छन्।

पहिलो कार्यक्रम मंगलमय विद्यालयमा सम्पन्न भयो, जहाँ अध्ययनरत विशेष आवश्यकता तथा अपांगता भएका विद्यार्थीहरूलाई खड्काले ज्याकेट, टोपी, मोजा, ग्लोभ्स लगायतका न्यानो लुगा वितरण गरे। विद्यालयका शिक्षक तथा अभिभावकहरूले उक्त सहयोगले बालबालिकामा हर्ष र आत्मविश्वास बढाएको बताएका छन्।

Oplus_16908288

बिज्ञापन

यस्तै, दोस्रो कार्यक्रम दमक बाल आश्रममा भएको थियो। खड्काले आश्रमका बालबालिकालाई एक छाक भोजन प्रदान गरे साथै हरेक बालबालिकालाई कपी, पेन्सिल, रेजर, शार्पनर, बिस्कुट लगायतका शैक्षिक तथा खाद्य सामग्री वितरण गरे। आश्रमका सञ्चालकहरूले प्रशान्तको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो कामले समाजमा सकारात्मक सन्देश जाने बताएका छन्।

यस सम्पूर्ण कार्यक्रमका लागि प्रशान्तलाई उनका दाजुभाइ र साथीहरूले साथ दिएका थिए। सहायोगीहरूमा विश्वास राया मझी (भाइ), आशिम राई, सौरभ खड्का, र प्रशान्त ताजपुरिया रहेका छन्।

जन्मदिनलाई अर्थपूर्ण बनाउन र जन्मभूमिप्रतिको उत्तरदायित्व बुझाउन गरिएको यो परोपकारी पहलले स्थानीय क्षेत्रमा प्रशंसा पाएको छ।

Oplus_16908288

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa