Premier Cables
Premier Steel

राजनीति

गगन र शेखरलाई फेरि एकै ठाउँ ल्याउने प्रयास

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर १७, २०८२  | राती ९:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएकाहरूले पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा १५‍‍औँ महाधिवेशनमा एकैठाउँमा हुनुपर्ने बताएका छन् ।

विशेष महाधिवेशन माग्ने र इतर समूहका नेताहरूबिच भएको छलफलमा उनीहरूले १४ औँ महाधिवेशनमा डा. शेखर र गगन एउटै प्यानलबाट निर्वाचन लडेकाले १५ औँ महाधिवेशनमा पनि एकै ठाउँमा ल्याउने प्रयास गर्नुपर्ने बताएका हुन् ।

बिज्ञापन

बुधवार राजधानीको विशालनगरमा विशेष महाधिवेशन पक्षधरका तर्फबाट नेतृत्वकर्ता गुरुराज घिमिरे, देवराज चालिसे र टेकराज पौडेल सहभागी थिए भने इतर समूहका तर्फबाट सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा केन्द्रीय सदस्यहरू डिलेन्द्र बडू, सरिता प्रसाई, प्रा.डा. गोविन्दराज पोखरेलसहितका नेताहरू सहभागी थिए ।

त्यो छलफलमा नेताहरूले दुई नेतालाई एकै स्थानमा उभ्याउनुपर्ने बताएका हुन् । छलफलमा सहभागी पौडेलले विशेष महाधिवेशन माग्ने र नियमित महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि हुनुपर्छ भन्नेहरू १५औँ महाधिवेशनमा एक ठाउँमा हुनुपर्छ भन्ने नेताहरूको धारणा आएको बताए ।

‘विशेष महाधिवेशन हुनुपर्छ भन्ने र निर्वाचनअगाडि नियमित महाधिवेशन हुनुपर्छ भन्नेहरू घोषित १५ औँ महाधिवेशनमा एक ठाउँमा उभिनुपर्छ भन्ने साथीहरूको धारणा छ,’ पौडेलले भने, ‘दुवैको माग छिटो महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने भएकाले एक ठाउँमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

तर, डा. कोइराला र थापाले १५ औँ महाधिवेशनमा सभापति बन्ने तयारी गरिरहेकाले एक ठाउँमा हुने सम्भावना भने कम देखिन्छ । डा. कोइरालाले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि १५औँ नियमित महाधिवेशन हुनुपर्छ भन्ने धारणा एक वर्षदेखि राख्दै आएका छन् ।

महामन्त्री थापाको अगुवाइ र नेताहरू घिमिरे र चालिसेको नेतृत्वमा २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka