Premier Cables
Premier Steel

राष्ट्रिय

आर्युवेद चिकित्सामा अब्बल थिए बालेनका पिता

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | साँझ ६:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मधुमेह र पिसाब–सम्बन्धी जटिलताबाट दीर्घसमयदेखि पीडित वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ।

उनी काठमाडौं महानगरका मेयर बालेन शाहका पिता हुन्। मेयर बालेनका पिता भएकाले सामाजिक सञ्जालभर श्रद्धाञ्जली व्यक्त भएका छन्, तर डा. शाहको पहिचान यसभन्दा धेरै व्यापक थियो—उनी नेपालको आयुर्वेद क्षेत्रका अग्रणी चिकित्सक तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्व थिए।

बिज्ञापन

भारतको गुजरात आयुर्वेद विश्वविद्यालय, जामनगरबाट उच्च शिक्षा हासिल गरेका शाहले काय-चिकित्सा विषयमा एमडी गरेका थिए। आन्तरिक रोगहरूको उपचारमा केन्द्रित यो शाखामा विशेषज्ञता प्राप्त उनले वि.सं. २०४३ मा सरकारी सेवामा प्रवेश गरेका थिए।

आयुर्वेद विभाग संस्थागत बन्ने क्रममा रहेको त्यही प्रारम्भिक चरणमा नन–ग्रेजुएट पदबाट सुरुवात गरेका शाहले आफ्नो दक्षता, योग्यता र समर्पणका आधारमा क्रमशः उच्च पदसम्म उक्लने अवसर पाए।

सेवाकालमा उनले आयुर्वेद वैद्यखानाका प्रबन्ध निर्देशक, आयुर्वेद विभागका निमित्त महानिर्देशक तथा नरदेवी आयुर्वेद अस्पतालमा पनि महत्वपूर्ण जिम्मेवारी वहन गरेका थिए।
आयुर्वेद चिकित्सा परिषद् का अध्यक्ष डा. श्याममणि अधिकारीले शाहसँगै काम गरेको अनुभव स्मरण गर्दै भने, “उहाँमा सधैं संस्थालाई सुधार्नु पर्ने दृढ भावना थियो।”

वैद्यखानाका निर्देशक डा. प्रदीप केसीका अनुसार शाह सच्चा आयुर्वेद प्रेमी मात्र हैन, आयुर्वेदको उन्नति र सही दिशामा विकासका पक्षधर थिए। डा. केसीका अनुसार शाह यति निष्ठापूर्वक काम गर्थे कि वैद्यखानाका फर्निचरसमेत उनले आफैं डिजाइन गरी काठका मिस्त्रीसँग बनाएका थिए।

“२०५८–५९ मा बनाइएका ती कुर्सी, टेबुल, सोफा २४ वर्षपछि पनि उपयोगमा छन्,” डा. केसीले सम्झिए, “यस्तो गुणस्तर आजकाल दुर्लभ छ।”

दीर्घकालीन स्वास्थ्य समस्याका कारण प्रभावित शाहले आयुर्वेद सेवा र विकासमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका थिए। ७७ वर्षको उमेरमा उनको निधनसँगै नेपाली आयुर्वेद क्षेत्रले एक महत्वपूर्ण स्तम्भ गुमाएको छ।

करिब चार दशकको सरकारी सेवामा उनले पुर्‍याएको योगदान आयुर्वेद विभाग र सम्पूर्ण क्षेत्रका लागि सदैव स्मरणीय रहनेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka