Premier Cables
Premier Steel

अपराध

सुनसरीमा २२५ किलोग्राम गाँजासहित दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०२, २०८३  | बिहान ११:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।

वैशाख १ गते राति करिब ९ बजे प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नदी किनार क्षेत्रमा बाँसको झ्याकमुनी प्लास्टिकका ९ वटा बोरामा लुकाई राखिएको अवस्थामा उक्त गाँजा फेला पारेको हो।

बिज्ञापन

प्रहरीले गाँजा ओसारपसारमा संलग्न बराहक्षेत्र नगरपालिका–६ निवासी बिशेस माझी र रोशन श्रेष्ठलाई को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka