नोट: यो समाचार २ महिना अघिको हो
फायल फोटो
विराटनगर । विगत तीन आर्थिक वर्षको तुलनामा कोसी प्रदेश सरकारको पहिलो चौमासिक अवधिसम्मको खर्च घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को कार्तिक महिनासम्म जम्मा रु.३ अर्ब २९ करोड ५८ लाख खर्च भएको आर्थिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
कुल खर्च मध्ये चालु खर्च रु.१ अर्ब ५९ करोड ११ लाख, पूँजीगत खर्च रु.८३ करोड २१ लाख र स्थानीय तहमा वित्तीय हस्तान्तरणको रु.८७ करोड २६ लाख रहेको छ ।
चालु आ.व.२०८२/८३ को कात्र्तिक महिनासम्म कुल विनियोजनको ९.२ प्रतिशत खर्च भएको छ । जसमा चालु खर्च ११%, पूँजीगत खर्च ५% र स्थानीय तह अनुदान १९% प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म प्रदेश सरकारको कुल खर्चमध्ये सबै भन्दा बढी असोज महिनामा रु.१ अर्ब ९४ करोड ३७ लाख खर्च भएको छ भने सबैभन्दा कम खर्च श्रावण महिनामा भएको छ ।

