Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ब्राजिलमा कोप–३० आयोजना स्थलमा आगलागी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ०५, २०८२  | बिहान ७:०४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । ब्राजिलको बेलेममा भइरहेका संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० को आयोजनास्थलमा आगलागी भएको छ।

आगलागीपछि बेलम सहरका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ।

बिज्ञापन

बीबीसीका पत्रकारहरू, जसमा जलवायु सम्पादक जस्टिन रोलाट पनि रहेका छन्,ले पभिलियन क्षेत्रमा आगो र बाक्लो धुवाँ देखिएपछि सबैलाई तत्काल बाहिर निकालिएको बताएका छन्।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूका अनुसार आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइएको हो।

धुवाँको असरबाट १३ जना अस्वस्थ भएको र उनीहरूको उपचार भइरहेको बीबीसीले जनाएको छ।

सम्मेलन आयोजक समितिले प्रभावित व्यक्तिहरूको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिएको र आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिएको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka