Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्री सुशीला कार्की र कांग्रेस विशेष महाधिवेशन पक्षधर नेताहरूबीच भेट

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०२, २०८२  | अपराह्न १:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै आएका नेताहरूसँग भेटवार्ता गरेकी छिन्।

मंगलबार विशेष महाधिवेशन पक्षधर समूहको नेतृत्व गरिरहेका नेताहरूसँग उनले छलफल गरेकी हुन्।

बिज्ञापन

कांग्रेस नेता गुरूराज घिमिरेका अनुसार प्रधानमन्त्री कार्की हाल चुनावी वातावरण बनाउन विभिन्न व्यक्तिहरू, पार्टी र नेताहरूसँग संवाद गर्दैछिन्। उनले भने, ‘प्रधानमन्त्रीले आवश्यक ठानेका व्यक्तिहरूलाई भेटिरहनुभएको छ। त्यसै क्रममा हामीलाई पनि बोलाउनुभयो, र हाम्रो भेट भयो।’

नेता घिमिरेले भेटका क्रममा प्रधानमन्त्रीले देशको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो बुझाइ राखेको जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री कार्कीले देशलाई लोकतान्त्रिक मर्मअनुसार अगाडि बढाउन, जिम्मेवारीअनुसार निर्धारित समयमा नै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa