Premier Cables
Premier Steel

राजनीति

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ, नागरिक बचाउ दल आन्दोलनमा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०२, २०८२  | बिहान ८:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि नागरिक बचाउ दलले निर्धारित कार्यक्रमभन्दा अघि नै देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।

पार्टीले मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिसकेको थियो तर प्रसाईंको गिरफ्तारीलाई लिएर आजैबाट आन्दोलन थालिने नेताहरुले बताएका छन्।

बिज्ञापन

दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले अनलाइनखबरसँग कुरा गर्दै सरकार स्वयंले ‘मध्यराति अपहरण शैलीमा’ पक्राउ गरी शान्ति भंग गरेको आरोप लगाए। उनले भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई अपहरणजस्तै गरी पक्राउ गरिएको छ। त्यसैले मंसिर ७ गतेसम्म पर्खन सकिँदैन, आजैबाट देशव्यापी संघर्ष सुरु हुन्छ।’

प्रहरीको टोली—जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय—ले सोमबार राति भक्तपुरस्थित प्रसाईंको निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।

यसअघि १५ चैतमा हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा रिहा भएका थिए। राजावादी गतिविधिमा सक्रिय प्रसाईं बैंक ऋण मिनाहा लगायतका मागसहित ७ मंसिरदेखि आन्दोलनको तयारीमा थिए।

तर यसबीच, हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा सोमबार मध्यरातमै उनलाई दोबारा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa