Premier Cables
Premier Steel

विराटनगर

सत्यनारायण मन्दिर विराटनगरको सत्संग भवन उद्घाटन

Calendar शनिबार, कार्तिक २९, २०८२  | साँझ ५:१६ बजे

विराटनगर । सत्यनारायण मन्दिर विराटनगरको नवनिर्मित सत्संग भवन उद्घाटन गरिएको छ ।

जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले शनिबार एक समारोहका बीच भवन उद्घाटन गरेका हुन् । ११५ जना सहयोगी दाताहरुको कूल १ करोड १६ लाख , रुपैयाँको सहयोगबाट भवन निर्माण गरिएको हो ।

बिज्ञापन

दुईतले सत्संग भवन निर्माणमा मन्दिर व्यवस्थापन समितिका सभापति अभिनाष बोहरा, संरक्षक मण्डल संयोजक शंकरलाल अग्रवाल, निर्माण समिति संयोजक रामवतार अग्रवाल लगायतको सक्रियता सहभागिता रहेको थियो ।

सचिव राजेन्द्र करवाका अनुसार सत्संग भवनमा मंसिर ६ गतेदेखि नवाहा पारायण आयोजना हुंदैछ ।

यसको आयोजना श्रीहरि सत्संग समिति नेपाल रहेको छ । भवन उद्घाटन गर्दै बालसन्तले सनातन धर्म संरक्षण र प्रवर्द्धनमा सबैको उत्तिकै सहभागिता हुनुपर्ने बताए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka