Premier Cables

राजनीति

रवीन्द्र मिश्रलाई सक्कल मिसिलसहित इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, बैशाख ३१, २०८२  | साँझ ४:३८ बजे

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

रवीन्द्रपत्नी सारिकाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चले आदेश प्राप्त भएको २४ घण्टाभित्र मुद्दाको सक्कल मिसिल इजलाससमक्ष देखाई बन्दीसहित लिखित जवाफसाथ उपस्थित गराउन भनेको छ ।

बिज्ञापन

मिश्रलाई तीनकुने आन्दोलनसँग जोडेर गत १५ चैत पक्राउ गरिएको थियो । उनलाई हिजोसहित ८ पटक पटक म्याद थप गरिसकिएको छ । प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

*** समाप्त ***
Bagmati
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो