Premier Cables
Premier Steel

विराटनगर साहित्य

कवि नेत्र खतिवडाको मुक्तक सङ्ग्रह “ढुङ्गो फुलेपछि”लोकार्पण

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २५, २०८२  | राती ९:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरका कवि नेत्र खतिवडाको मुक्तक सङ्ग्रह “ढुङ्गो फुलेपछि” को लोकार्पण समारोह एक भव्य साहित्यिक कार्यक्रमबीच सम्पन्न भएको छ।

विराटनगरको विष्णुमाया पुस्तकालयमा मंगलबार आयोजित कार्यक्रमको सभापतित्व नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समालोचक, कवि तथा मुक्तककार प्राज्ञ विवस पोखरेल थिए । सोही अवसरमा कवि बलराम पोखरेल, कवि कविराज न्यौपाने, साहित्यकार सरला चापागाई, साहित्यप्रेमी भुषण ढुङ्गेल, उमेश लुईटेल, सुरेन्द्र कुमार साह, र प्रयाग न्यौपाने विशिष्ट अतिथिको रूपमा सहभागी थिए।

कार्यक्रममा लेखकले आफ्नो कृति “ढुङ्गो फुलेपछि” को लेखनयात्रा, सिर्जनाको प्रेरणा र जीवनका अनुभूतिहरू बारे भावुक अभिव्यक्ति प्रस्तुत गरे ।

“यो पुस्तक केवल शब्दहरूको थुप्रो होइन, मेरो अनुभूति, पीडा, सपना र आशाका बीउहरू हुन्, जुन मैले समयको माटोमा रोपेको छु। ‘ढुङ्गो फुलेपछि’ शीर्षकले जीवनका कठोर क्षणहरूभित्र पनि सुन्दर भावना फुल्न सक्छन् भन्ने सन्देश दिन्छ,” उनले भने ।

कार्यक्रममा उपस्थित साहित्यकार तथा अतिथिहरूले पुस्तकको विषयवस्तु, भाषाशैली र मुक्तकको सशक्त प्रयोगको प्रशंसा गर्दै लेखकको लेखनयात्रामा शुभकामना व्यक्त गरे।

समारोहमा विविध वक्ताहरूले “ढुङ्गो फुलेपछि” लाई नेपाली मुक्तक साहित्यमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा साहित्यप्रेमी, लेखक, समीक्षक, तथा स्थानीय सर्जकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

लेखकले आफ्ना परिवार, मित्र, समीक्षक, शुभेच्छुक र पाठकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै पुस्तकमार्फत सबैको हृदयमा पनि “ढुङ्गो फुलेझैँ भावना फुल्ने” आशा व्यक्त गरेका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka