Premier Cables
Premier Steel

स्वास्थ्य

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका चिकित्सकमाथि कुटपिट

Calendar सोमबार, कार्तिक २४, २०८२  | बिहान १०:०५ बजे

सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा एक चिकित्सकमाथि हातपात र आकस्मिक कक्षमा तोडफोड गरिएको छ ।

अस्पतालको एनआइसीयुमा सर्टसर्किट भएर एक नवजात शिशु घाइते भएपछि आक्रोशित परिवारजन र जेनजी समूहका युवाहरुले निमित्त मेसु डा. दिलिप साहमाथि हातपात र तोडफोड गरेका हुन् ।

बिज्ञापन

आइतबार साँझ एनआइसीयु वार्डको विद्युतीय बल्ब सर्टसर्किट भएर झर्दा अस्पतालमा जन्मिएका रुपनी गाउँपालिका वार्ड नम्बर ३ निवासी हर्दियाकी रेखा यादवको बालकमाथि लागेर घाइते भएको हो ।

शिशु घाइते भएपछि आक्रोशित परिवारजन र जेनजी समूहका युवाहरूले निमित्त मेसु डा. दिलिप साहमाथि हातपात गरेका थिए ।

बालकलाई तुरुन्तै थप उपचारका लागि धरान पठाइएको छ । सर्टसर्किटपछि आफू एनआइसीयुमा अनुगमन गरिरहेको बखत अचानक आएका उनीहरुले हातपात गरेको निमित मेसु साहले जानकारी दिनुभयो । आक्रोशित समुहले प्रदर्शन गर्दै अस्पतालको आकस्मिक कक्षमा तोडफोड समेत गरेको बताइएको छ ।

हातपात गर्नेलाई पक्राउ नगरिएसम्म अस्पतालका चिकित्सकहरूले इमर्जेन्सी सेवासमेत बन्द गरेर धर्ना दिन बाध्य हुने अस्पताल प्रशासनले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka