Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

सर्भर डाउनले कोशी निर्वाचन कार्यालयमा हैरानी, टोकन प्रणाली लागू हुँदै

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २३, २०८२  | साँझ ६:५३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश निर्वाचन कार्यलय विराटनगरमा मतदाता नामावली दर्ता र ठाउँसारीका लागि सेवाग्राहीको ठूलो भीड लागेको छ। तर, निर्वाचन आयोगको सर्भर बारम्बार डाउन हुने समस्या देखिँदा सर्वसाधारणले लामो समयसम्म सेवाका लागि कुर्नु परेको छ।

आइतबार दिनभर सर्भर आउने–जाने समस्या दोहोरिँदा अनलाइन दर्ता गरेर आएका व्यक्तिहरू समेत घण्टौँसम्म प्रतीक्षा गर्न बाध्य भएका थिए। कतिपय सेवाग्राहीले दुईदेखि तीन घण्टासम्म पालो पर्खनु परेको गुनासो गरेका छन्।

बिज्ञापन

नामावली दर्ता गर्न आएका अध्ययन बस्नेतले काममा अत्यधिक ढिलाइ भएको र भीडभाडका कारण नाम बोलाउँदा समेत सुन्न कठिन भएको बताए। उनले भने, “यदि माइकबाट बोलाउने व्यवस्था भएको भए सजिलो हुनेथियो।” बस्नेतले बिहान ११ बजे आएको तर सर्भर नचल्दा बेलुकी ४ बजेसम्म पालो कुर्नु परेको बताए।

त्यस्तै, मोरङ जहदाका सन्तोष मण्डलले पनि सर्भर डाउन हुँदा सेवाग्राहीलाई ठूलो असुविधा भएको बताए। उनका अनुसार, कतिपय महिला स–साना बच्चा लिएर आएका छन् तर लामो समय पर्खनुपर्ने बाध्यता छ। “सेवाग्राहीका लागि बस्ने मेच पनि पर्याप्त छैन, दिनभर काम छोडेर आए पनि पालो नपाएर फर्किनु पर्ने अवस्था आएको छ,” मण्डलले गुनासो गरे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित गरी निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको समयसीमा तोकेको छ। यस अवधिमा जिल्लास्थित निर्वाचन कार्यालयहरूमा पनि भीड बढेको बताइएको छ।

प्रदेश निर्वाचन कार्यलयमा टोकन प्रणाली र माइक नहुँदा भीड झन् अनियन्त्रित बनेको हो। सामान्य दिनमा दैनिक ४ देखि ५ सयजना मात्रै दर्ता गर्न आउने गरे पनि आइतबार यो संख्या बढेर १ हजारभन्दा बढी पुगेको कार्यलयले जनाएको छ।

कोशी प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईंका अनुसार, भोलिदेखि टोकन प्रणाली लागू गरी व्यवस्थापन गरिनेछ। उनले भने, “सर्भर डाउन र बढ्दो सेवाग्राहीको विषयमा केन्द्रलाई जानकारी गराइसकेका छौं। समय थप्ने विषयमा निर्णय माथिल्लो तहबाट हुनेछ।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka