Premier Cables
Premier Steel

राजनीति

रञ्जु दर्शनाले नयाँ पार्टी खोल्दै, कुलमान, बालेन र सुमनासंग छलफल

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १९, २०८२  | साँझ ६:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शनाले फरक–फरक क्षेत्रमा सक्रिय र राजनीतिमा क्रियाशील व्यक्तिहरूको समावेशसहित नयाँ राजनीतिक दल गठन गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्।

उनका अनुसार समाजमा प्रतिष्ठा स्थापित गरेका व्यक्तिहरूलाई एकसाथ ल्याई नयाँ दल गठनबारे छलफल भइरहेको छ।

बिज्ञापन

दर्शनाले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र रास्वपाकी पूर्व नेतृ सुमना श्रेष्ठलगायतसँग मिलेर नयाँ दल बनाउने तयारी भइरहेको बताइन्।

उनका अनुसार केन्द्रीय कमिटीको आकार र सदस्यहरूको छनोटबारे छलफल जारी छ। “२१ वा ३१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव आएका छन्,” उनले भनिन्, “दलको नाम अझै निश्चित भएको छैन, यसबारे छलफल चलिरहेको छ।”

दर्शनाले साझा विवेकशीलका पूर्व नेता तथा शुभेच्छुकहरूसँग पनि नयाँ दलमा समावेश हुनेबारे संवाद भइरहेको जानकारी दिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa