काठमाडौं । बेलायत सकारले देशमा रहेका अवैध कामदारको गिरफ्तारी सुरु गरेको छ । यस अभियानलाई सरकारले अपरेसन स्टर्लिङ नाम दिएको छ ।
अध्यागमन प्रवर्तन (इनफोर्समेन्ट) अन्तर्गत गरिएका छापामार्ने कार्यहरूका कारण अवैध कामदारको गिरफ्तारीमा ६३ प्रतिशत वृद्धि भएको छ ।
यो अवैध कामदारको गिरफ्तार रेकर्ड राख्न सुरु भएयता सबैभन्दा उच्च संख्या दर्ज भएको बेलायत सरकारले जनाएको छ ।
अपरेसन स्टर्लिङअन्तर्गत फास्ट फुड डेलिभरी, ब्युटी सलोन, कार वासलगायत क्षेत्रहरूमा रहेका अवैध कामदार लक्षित छन् । कारबाहीका लागि पाँच मिलियन लगानी गरिएको बताइएको छ । यस अभियानअन्तर्गत गिरफ्तार, हिरासत र देश निकाला गर्ने कार्यहरू तीव्र बनाइएका छन् ।
नयाँ तथ्यांकले अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ सम्ममा अध्यागमन प्रवर्तन निकायको अपरेसनद्वारा करिब ११ हजार छापा मारिएकोमा आठ हजारभन्दा बढी अवैध आप्रवासीहरू पक्राउ परेका छन् ।
ती अपरेसनहरूबाट एक हजार ५० भन्दा बढी विदेशी नागरिकलाई देशबाट निष्कासन गरिएको छ ।
वार्षिक गिरफ्तारमा ६३ प्रतिशत र छापा मार्ने कार्यमा ५१ प्रतिशत वृद्धि भएको तथ्यांकले देखाउँछ ।
सरकारले ‘राइट टु वर्क चेक’लाई विस्तार गर्दै कडा नयाँ कानुन लागु गर्ने तयारी गरिरहेको छ । नयाँ कानुनले गिग–इकोनोमीमा काम दिने कामदारहरूसहित उच्च तहका काम खोज्न अवैध आप्रवासीहरु समेत समेट्ने बताइएको छ ।
