Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

दक्षिण भारतमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

Calendar शुक्रबार, कार्तिक ०७, २०८२  | साँझ ४:२० बजे

काठमाडौं । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठक्कर दिएपछि बसमा आगो लाग्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य धेरै घाइते भएका छन् । आन्ध्र प्रदेश राज्यको कुर्नुलनजिकै राजमार्गमा दुर्घटना भएको हो । ४४ यात्रु बोकेको बस तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरुतर्फ जाँदै थियो । बसमा केही मिनेटभित्रै आगो फैलिएको र केही यात्रु झ्याल फुटाएर बाहिर निस्कन सफल भए पनि धेरै जनाको मृत्यु भएको हो ।

बिज्ञापन

मोटरसाइकलले बसलाई पछाडिबाट ठक्कर दिँदा स्पार्कले बसको इन्धन ट्याङ्कीलाई भेटेपछि आगो लागेको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा अधिकांश यात्रु सुतिरहेकाले धेरैको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालकको पनि मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka