Premier Cables
Premier Steel

स्वास्थ्य

आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न प्रदेशस्तरीय अनुगमन टोली

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ०३, २०८२  | अपराह्न ३:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत नर्स लगायतका स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सम्बन्धी सल्लाहकार समितिको निर्णय अनुसार विभिन्न प्रदेशमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूका सेवा, सुविधा र समस्याहरूको अध्ययन, सहजीकरण र सुझावका लागि “अनुमान टोली” गठन गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. सुषिला बस्नेतद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएअनुसार, गत २०८२/०६/२ गते सम्पन्न बैठकको निर्णय अनुसार ‘अनुमान टोली’ प्रदेशहरूमा खटिनेछ। टोलीले सम्बन्धित पक्षहरूसँग छलफल गरी समाधानका लागि सुझाव प्रस्तुत गर्नेछ।

बिज्ञापन

टोलीमा नेपाल नर्सिङ संघ, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, संघीय तहका नर्स, र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू रहने छन्। यस टोलीको समन्वय नेपाल नर्सिङ संघको प्रतिनिधिले गर्नेछ।

स्वास्थ्यकर्मीहरूको न्यूनतम तलब भत्ता, सेवा सुविधा, कार्यस्थलमा देखिएको असन्तुष्टि लगायतका विषयमा विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा उठेका आन्दोलन तथा प्रदर्शनहरूलाई सम्बोधन गर्न मन्त्रालयले यो कदम चालेको हो।

यस निर्णयबाट प्रदेश स्तरमा रहेका स्वास्थ्यकर्मीहरूको समस्याको समाधानतर्फ मार्ग प्रशस्त हुने विश्वास गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka