विराटनगर । सुम्निमा सांस्कृतिक परिवार विराटनगरले आयोजना गरेको समसामयिक राजनीतिक परिवेशमा नागरिकको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ सहभागी हुने प्रचार गरिएको थियो । तर, १० बजेका लागि तय गरिएको कार्यक्रमका सहभागीले साम्पाङलाई साढे १२ बजेसम्म पर्खिएर ।
आयोजक घरीघरी उनलाई फोन समेत गरिरहेका देखिन्थे । तर प्रमुख वक्ता साम्पाङ उपस्थित भएनन् । त्यसपछि ढिलोगरी मात्र कार्यक्रम शुरु भयो ।
बिज्ञापन
अन्तिम समयमा आउन नभ्याउने साम्पाङले जानकारी गराएपछि उनीबिनै कार्यक्रम शुरु गरियो । सुम्निमा सांस्कृतिक परिवारका पदाधिकारीका अनुसार कार्यपालिका बैठकको चापका कारण आउन नसकेको भन्ने साम्पाङले जानकारी गराएका थिए ।