Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हमासले २० जना बन्धक रिहा गर्यो

Calendar सोमबार, असोज २७, २०८२  | अपराह्न ३:२२ बजे

गाजा । हमासले आफ्नो कब्जामा रहेका २० जना बन्धकहरुलाई रिहा गरेको छ ।

इजरेलसंगको युद्धविराम सम्झौतानुसार हमासले २० जना इजरेलीलाई अन्तर्राष्ट्रिय रेडक्रसलाई हस्तान्तरण गरेको हो । रेडक्रसले रिहा भएका बन्धकहरुलाई सुपुर्दगी गरेपछि इजरेली सेनाले ती बन्धकको स्वास्थ्य परीक्षण गरेपछि मात्र परिवारलाई हस्तान्तरण गरिनेछ ।

बिज्ञापन

साथै हमासले २८ जना मृत बन्धकको शरीर समेत इजरेललाई हस्तान्तरण गरेनछ । युद्धविराम सम्झौतानुसार हमासले आफ्नो कब्जामा रहेका २० जना जीवित बन्धकहरुलाई रिहा गरेबापत इजरेलले २ हजार प्यालेष्टिनी बन्दीलाई रिहा गर्नेछ ।

यसैबिच इजरेल पुग्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रमा केही समयकालागि हतियार संकलन गर्न हमासलाई स्वीकृति दिएको बताएका छन् ।

प्यालेष्टिनी पुलिसका रुपमा परिणत गरी गाजामा शान्ति व्यवस्था कायम गर्नकालागि हमासलाई सो छुट दिइएको राष्ट्रपति ट्रम्पले बताए । राष्ट्रपति ट्रम्पले इजरेली संसद नेसेटलाई सम्बोधन गर्नुहुने बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka