Premier Cables
Premier Steel

कोशी प्रदेश

सडकमा गुडिरहेको कारमा आगलागी, बालकको ज्यान जोगियो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | अपराह्न २:०५ बजे
Hamro Biratnagar Headlines

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा पर्ने उदयपुरगढी गाउँपालिका– ७, अँधरी खण्डमा गुड्दै गरेको कारमा आगलागी हुँदा एक बालक घाइते भएका छन् भने कार जलेर पूर्ण रूपमा खरानी भएको छ ।

सोमबार इलामबाट काठमाडौंतर्फ जाँदै गरेको बा.९च ८६६८ नम्बरको गुडिरहेको कारमा अचानक आगलागी हुँदा एक बालक सामान्य घाइते भएको जिल्ला प्रहरी कर्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए।

बिज्ञापन

दोङका अनुसार कार पूर्ण रूपमा जली क्षति भएको छ । उनले भने, ‘आगलागी भएको कारमा चालक जिल्ला इलाम चुलाचुली गाउँपालिका– ५ बस्ने वर्ष ४२ को प्रेमकुमार सेन्चुरी, श्रीमती वर्ष २७ की अनिता सेन्चुरी, छोरा वर्ष १४ को आयुष सेन्चुरी सकुशल छन् भने अर्का छोरा वर्ष सातको आरोन सेन्चुरी सामान्य घाइते भई उपचारका लागी जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छ ।’

उक्त कारको आगो प्रहरी टोली खटिई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको दोङको भनाइ छ । उनले भने, ‘पेट्रोल इन्धनबाट चल्ने कार रहेछ । कारण खुल्न बाँकी छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka