Premier Cables
Premier Steel

कोशी प्रदेश

अध्यक्षको दोहोरो पदले किसान कल्याण सहकारीमा लफडा, सदस्यहरुद्वारा साधारण सभा बहिष्कार

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | अपराह्न १:११ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीको इटहरीस्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभामा दोहोरो पदका विषयमा विवाद भएको छ । इटहरी उपमहानगरपालिकाको बालग्राममा केन्द्रीय कार्यालय रहेको संस्थाका अध्यक्ष शालिकराम ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय सदस्य समेत हुन् ।

सहकारी ऐन, २०७४ को दफा ९४१० को उपदफा ९५० मा कोही व्यक्ति एकै समयमा दुई पदमा रहन नपाउने प्रावधान छ । तर, उनी दुई पदमा रहेको भन्दै सभामा उपस्थित सदस्यले विरोध गरेका हुन् । यही विषयमा साधारणसभाको अध्यक्षता गरिरहेका ढकाल र सदस्यबीच हलभित्रै धक्कामुक्का समेत भएको थियो ।

बिज्ञापन

यस्तो अवस्थामा संस्थाले सरकारी नीति निर्देशन मान्ने कि स्वेच्छाचारी ढंगले सञ्चालन गर्ने भन्नेमा आफूहरूको विमति रहेको सदस्य लोकबहादुर विष्टले बताए ।

“नेपाल सरकार, सहकारी विभागको निर्देशनबमोजिम किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ढकालको पद २०८१ माघ १ गतेदेखि नै समाप्त भएको हुँदा उहाँको अध्यक्षतामा सञ्चालन हुने साधारणसभा हामीलाई मान्य नहुने जानकारी गराएका छौँ,” उनले भने, ‘‘जबरजस्ती साधारणसभा सञ्चालन गरिएकोले अब हामी कानुनी प्रक्रियामा जान्छौँ ।’’

विष्टसहितका सदस्यले साधारणसभा बहिष्कार गरेका थिए । यो विवादका कारण दुई दिनअघि उपसचिव टेकबहादुर खतिवडाले राजीनामा दिएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka