Premier Cables
Premier Steel

समाचार

हर्क साम्पाङद्वारा ‘असभ्य’ भाषामा स्वास्थ्य मन्त्रालयलाई पत्राचार

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | साँझ ६:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान ।‌धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पताल निर्माण गर्न भन्दै छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता माग गर्दै संघीय स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन्। तर, उनले प्रयोग गरेको भाषा शैली अनौपचारिक र असभ्य भएको भन्दै व्यापक आलोचना भएको छ।

पत्रमा साम्पाङले लेखेका छन्, “छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्गारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन, यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। Please फिर्ता गरिदिनु होला। धन्यवाद।

बिज्ञापन

उक्त पत्र प्रधानमन्त्रीको कार्यालय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी प्रतिष्ठान)लाई समेत बोधार्थ पठाइएको छ।

बीपी प्रतिष्ठानले मेयर साम्पाङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एक विज्ञप्ति जारी गरेको छ। प्रतिष्ठानले सो जग्गा कानूनी रूपमा आफ्नै स्वामित्वमा रहेको दाबी गर्दै साम्पाङको भाषा असंवैधानिक र आपत्तिजनक रहेको टिप्पणी गरेको छ।

पत्रमा भनिएको छ, “धरान छाताचोकस्थित पुरानो अस्पताल तथा वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान आम धरानवासीको सम्पत्ति हो। प्रतिष्ठान स्थापना भएपछि तत्कालीन श्री ५ को सरकारको २०४८ साल असोज ४ गतेको निर्णयअनुसार १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गरिएको हो।”

धरानमा बीपी प्रतिष्ठानबाहेक सरकारी अस्पताल नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका छन्। केही समयअघि स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानलाई पहिलो सेवा बिन्दुबाट हटाएको थियो, तर स्थानीय दबाबपछि आगामी असोजसम्मका लागि पुनः सेवा दिने निर्णय भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka