Premier Cables
Premier Steel

समाचार

सुदन गुरुङको नेतृत्वमा फेरि नयाँ ट्रेन्ड: एरेस्ट केपी ओली – रमेश लेखक भाइरल

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २०, २०८२  | अपराह्न ३:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले फेरि एकपटक सामाजिक सञ्जालमार्फत ठुलो हलचल ल्याएका छन्। “#ArrestKPOli”, “#ArrestRameshLekhak” र “#ArrestMurderers” ह्यासट्याग प्रयोग गरी गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन्।

गुरुङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “Do or die for the nation. Let the trend begin…” भन्दै देशभरका नागरिकलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

बिज्ञापन

सो पोस्टमा ओली र लेखकको तस्बिरसहित, “Arrest the murderers or the nation will be compelled to take actions” भन्ने चेतावनीसमेत उल्लेख गरिएको छ।

यो अभियान “The Council of Gen Z” नामक समूहको लोगो सहित सुरु गरिएको हो। यही समूहले गत महिनामा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनको नेतृत्व गर्दै सरकारलाई निर्णय फिर्ता गराउन बाध्य पारेको थियो। त्यो आन्दोलनपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए।

सुदन गुरुङ हामी नेपाल संस्थाका अध्यक्षसमेत हुन्। उनले अगुवाइ गरेको जेनजी आन्दोलन देशभर फैलिएको थियो । राजनीतिक जवाफदेहीता र न्यायको माग गर्दै सुरु गरिएको यो नयाँ डिजिटल अभियान केही नेताहरूले “अत्यधिक उत्तेजनापूर्ण” र “राजनीतिक उद्देश्यप्रेरित” भएको आरोप लगाएका छन्।

तर गुरुङका समर्थकहरू यसलाई देशमा न्याय र जवाफदेहीता स्थापनाको अन्तिम संघर्षका रूपमा देखिरहेका छन्।

सोशल मिडियामा तीव्र गतिमा फैलिरहेको यो ट्रेन्डले आगामी दिनमा राजनीतिक वृत्तमा थप बहस र चाप सिर्जना गर्ने सम्भावना देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa