Premier Cables
Premier Steel

राजनीति

एमाले नेता सूर्य थापाको सुदन गुरुङ लक्षित आरोप: ‘विदेशीका एजेन्ट’हरूको हप्कीदप्की बढ्यो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २०, २०८२  | अपराह्न ३:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। एमाले नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत कडा आरोपहरू लगाएका छन्।

उनले केही संदीग्ध विदेशीका एजेन्टहरूले संविधान, कानुन र राजकीय मर्यादा नमानेको आरोप लगाउँदै उनीहरू कहिले घुसपैठ गरेर रक्तपात र आगजनी गराउने, त कहिले राष्ट्रपतिलाई धम्क्याउन समेत पछि नपर्ने दाबी गरेका छन्।

बिज्ञापन

थापाले लेखेका छन्, “पढ्न न लेख्न जान्ने न बुझ्ने, मन्त्रालयमै पुगेर मन्त्रीकै उपस्थितिमा उच्च तहका सरकारी कर्मचारीहरूको अपमान गर्छन्।” उनका अनुसार यस्तो व्यवहार संविधान र कानुनी मर्यादाविपरीत छ।

अर्थमन्त्रीमाथि लक्षित गर्दै उनले थप लेखेका छन्, “अर्थमन्त्री, जो स्वयं ब्युरोक्रेसीबाट आएका हुन्, उनी ‘हजुर सुदन सर’ भन्दै जीहजुरीका साथ लाचारी प्रदर्शन गर्छन्।” गृहमन्त्रीप्रति पनि कटाक्ष गर्दै उनले “यसै भरौटलाई विपद्का विज्ञ भन्न गृहमन्त्रीलाई शरम नलाग्ने” उल्लेख गरेका छन्।

थापाले अझै आरोप लगाएका छन् कि यस्तो दलालतन्त्रमा “विदेशीको खेलौना” बन्ने प्रवृत्ति मौलाएको छ। उनले नाम नखुलाइएको पात्रलाई लक्षित गर्दै भनेका छन्, “मानौं यो लठैत सुशीला कार्कीको नियुक्तिको तथाकथित सिफारिशकर्ता मिस्टर लुसिफर (डार्कम्यान) को खास नायबी चलाइरहेको छ।”

थापाले सरकारलाई लक्षित गर्दै चेतावनी दिएका छन् – “यसलाई नियुक्ति दिनुछ भने देउ, तर अनाधिकृत र गैरजिम्मेवार हप्कीदप्की र जवाफदेहीबिहीन आदेश-निर्देश बन्द गर।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa