Premier Cables
Premier Steel

समाचार

तमोर नदीमा जीप खस्यो, ६ जनाको मृत्यु

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज १८, २०८२  | अपराह्न २:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । धरानबाट पाँचथर जाँदै गरेको एक बलेरो जीप तमोर नदीमा खस्दा ६ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार हालसम्म घटनास्थलबाट पाँच जनाको शव निकालिएको छ भने एक जनाको शव निकाल्ने तयारी भइरहेको छ।

बिज्ञापन

घाइतेमध्ये एक जनालाई फिदिमतर्फ र अन्य पाँच जनालाई उपचारका लागि धरान पठाइएको उनले जानकारी दिए।

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार जीप धरानबाट पाँचथरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

उनले दिएको जानकारीअनुसार जीप कम्तीमा ५ सय मिटर तल तमोर नदीमा खसेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka