Premier Cables
Premier Steel

विराटनगर

मध्यरातमा ट्रक र ट्यांकर ठोक्किदा विराटनगर बरगाछी चोकको स्तम्भ भत्कियो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, असार ११, २०८२  | बिहान ११:१० बजे

विराटनगर । विराटनगरको बरगाछी चोकमा मंगलबार राति ट्रक र ट्यांकर ठोक्किँदा फेरि एकपटक सडकबीचको स्मारक संरचना भत्किएको छ। बारम्बार हुने यस्ता दुर्घटनाले न त स्मारक जोगिएको छ, नत स्थानीयको आक्रोश थामिएको छ। कोशी लोकमार्गअन्तर्गतको सो व्यस्त चोकमा भारतीय नम्बर प्लेट (UP 22 P 9572) भएको ट्रक र प्रदेश १-०२ ख ८८८८ नम्बरको ट्यांकर एकआपसमा ठोक्किएपछि दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

दुर्घटनामा बाराको अमलेखगन्ज निवासी ३३ वर्षीय ट्यांकर चालक पञ्चलाल लुम्बा घाइते भएका छन्। उनलाई विराट नर्सिङ होम र विराटनगर अस्पतालमा उपचार गरिएको छ। इन्स्पेक्टर लम्सालका अनुसार ट्यांकर चालकले हतारमा बाटो काट्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। दुर्घटनामा सडकबीच बनाइएको स्तम्भ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

बिज्ञापन

बरगाछी चोकमा यसअघि पनि आइल्याण्ड र सालिकहरू बारम्बार सवारी ठक्करका कारण भत्किँदै आएका छन्। नेपाली कांग्रेसले स्थापना गरेको कृष्णप्रसाद कोइरालाको सालिक समेत अघिल्लो दुर्घटनामा क्षतिग्रस्त भएको थियो। त्यसपछि स्तम्भ बनाइ बरको बिरुवा रोपिएको थियो, जुन अहिले पुनः सवारी ठक्करबाट ध्वस्त भएको छ।

स्थानीय बासिन्दाहरू बरगाछी जस्तो व्यस्त र साँघुरो चोकमा सिमेण्टी स्मारक, सालिक र स्तम्भहरू बनाउँदा दुर्घटना बढेको भन्दै निरन्तर विरोध जनाउँदै आएका छन्। तर, प्रशासनले उनीहरूको गुनासोलाई बेवास्ता गर्दै आइरहेको छ। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा छन् भने ट्रक चालक उत्तर प्रदेशका ३२ वर्षीय मोहमद मुस्ताकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरिएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka