Premier Cables
Premier Steel

समाचार

जहदा दुर्गा मन्दिरमा दुईजनाले छातीमा उमारे जमरा

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, असोज १३, २०८२  | अपराह्न १२:०७ बजे

विराटनगर । मोरङको जहदा गाउँपालिका -४ स्थित दुर्गा मन्दिरमा बडादशैंको भव्य उत्सव छ ।

सोमबार फूलपाती बढाइँ गरिएको छ । त्यहाँको अर्को चर्चा यतिबेला सबैतिर फैलिएको छ ।

बिज्ञापन

कटहरी-४, आनन्द चौक बस्ने ३२ वर्षीया शान्ति यादव र जहदा–४, मधुशका २० वर्षीय दिपक कुमार मण्डलले छातीमा जमरा उमारेका छन् ।‌

दुर्गा माताको उपासक उनीहरूले निराहार बसेर अर्चना गरिरहेका छन् ।

बडादशैंलाई हिन्दूहरूको विशेष पर्व मानिन्छ । यादव र मण्डलले घटस्थापनाका दिन छातीमा विशेष पूजा अर्चना पछि जमरा राखेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka