Premier Cables
Premier Steel

समाचार

सुमदायबीचको विवादले जोगबनी बजार बन्द, नेपालतर्फका ढाट बन्द गरियो

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, असोज १०, २०८२  | अपराह्न २:२० बजे

विराटनगर । भारतको जोगबनी बजारमा समुदायबीच पक्ष र विपक्षमा टिकाटिप्पणी भएपछि बजार बन्द भएको छ । आपसी टिका टिप्पणीले तनावको अवस्था निम्त्याएपछि बजार बन्द भएको हो ।

दशैंका बेला नेपालबाट समेत ठूलो संख्यामा किनमेल गर्न जाने गरिन्थ्यो । तर, अहिले जोगबनी छिर्ने नेपालपट्टिको ढाट लगाइएको छ । नेपालीहरुलाई त्यसतर्फ नजान आग्रह गरिएको छ ।

बिज्ञापन

सिमाना पुगेका धेरै नेपाली उपभोक्ताहरु फर्किएका छन् ।

चाडबाडका बेला जोगबनी पुगेर सरसामान खरिद गर्न नेपालीको ठूलो भिड लाग्ने गर्दछ ।

इस्लाम धर्मगुरु पैगम्बरको विषयमा टिकाटिप्पणी भएपछि जोगबनीमा विवाद बढेको बताइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमलाई हेर्दै नेपालतर्फको ढाट बन्द गरिएको जानकारी दिएका छन् । जोगबनीमा अहिले नारावाजी भई रहेको छ ।

जोगबनीमा अहिले नारावाजी भई रहेको छ । जोगबनी पुगेका धेरै नेपालीहरु फर्किसकेको बताइएको छ । जोगबनी क्षेत्रमा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka