विराटनगर । विदेशी सवारी साधन कोशी प्रदेशका नाका भएर नेपाल भित्रंदा पर्यटन वर्ष २०८२ कै नाममा शुल्क लिने गरेको पाइएको छ ।
कैसी सरकारले २०८२ लाई कोसी पर्यटन वर्ष मनाउने घोषणा गरेको थियो । तर, नयाँ वर्ष शुरु भई आधा लरृष बित्न लाग्दा समेत पूरानै भिरबाट रुट इजाजत दिने गरेको पाइएको हो ।
रानी विराटनगर तथा आकरभिट्टा नाकामा रुट इजाजत शुल्क लिइंदै आएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकाले ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गरी ती पर्यटकीय केन्द्रहरुको योजनावद्ध विकासमा लाग्ने घोषणा गरेका थिए ।
डिलाइटफुल (रमणीय) कोशी भन्ने नाराका सरकारले कोशी पर्यटन वर्ष मनाउने तयारी अगाडि बढाएको थियो । कार्यक्रम घोषणासँगै अब सरकारले प्रचारप्रसारलाई तीब्रता दिने र छिमेकी मुलुकहरुबाट धेरै भन्दा धेरै पर्यटक ल्याउन प्रवर्द्धनका विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने लक्ष्य थियो ।
कोशी प्रदेश सरकारले पर्यटन वर्षलाई सफल बनाउन १० करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । तर विनियोजन भएको बजेट खर्च हुन सकेन ।
संघीय सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्ये कोशी प्रदेशमा ३० वटा केन्द्रहरु रहेको र त्यसबाहेक सरकारले थप ८२ नयाँ गन्तव्यहरु पहिचान गरी विकास र प्रवर्द्धनमा कोशी सरकार जुटेको थियो ।
कोशी प्रदेशमा पर्वतीय पर्यटनदेखि प्राकृतिक, जैविक, धार्मिक, जल तथा नदीमा आधारित, कृषिमा आधारित, साहसी क्रियाकलापमा आधारित अनेकौं पर्यटन केन्द्रहरु विद्यमान रहेकोले ती क्षेत्रमा पर्यटकहरुलाई व्यवस्थित रुपमा राख्न र त्यहाँसम्म पुग्ने पहुँचमार्गहरुको व्यवस्थापन गर्ने आदि काममा सरकारले यस अवधिमा विशेष काम गर्ने उद्देश्य थियो।
त्यसबाहेक सरकारले भारतका विभिन्न सहरहरुमा टोली पठाएर प्रवर्द्धनात्मक क्रियाकलापहरु सञ्चालन गर्ने, कोशी प्रदेशको नजिकमा पर्ने बंगलादेशका सीमावर्ती सहरहरुमा भ्रमण वर्षको बारेमा जानकारी गराउने आदि काम गर्ने भनेको थियो । तर धेरै कार्यक्रम हुन सकेनन् ।
