






विराटनगर । विराटनगर बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको छ ।
चाडबाडको बेला यसको व्यवस्थापनमा सडकमा ट्राफिक प्रहरीको उपस्थिति नदेखिईंदा सर्वसाधारणलाई आउजाउमै सास्ती भएको छ ।
खासगरी मेनरोड क्षेत्रको काली मन्दिरदेखि जलजला मोडबाट गोल्छामोड सम्म हरेक दिन सवारी साधनको जाम लाग्ने गर्दछ ।
अहिले सवारी साधन र अन्य सामग्री अभावमा सडकमा सेवा दिन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आन्दोलनका क्रममा ट्राफिक प्रहरीको सवारी तोडफोड हुनुका साथै ट्राफिक बिटमा आगजनी भएको थियो । धेरै ठाउँमा ट्राफिक लाइटमा समेत क्षति गरिएको थियो ।
जैन भवन परिसरमा आज साँझ आयोजित एउटा कार्यक्रमका कारण थप ट्राफिक समस्या निम्तिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इजाजत लिएरै त्यो कार्यक्रम आयोजना भएको र त्यसलाई व्यवस्थित ढंगले संचालन गर्न निर्देशन दिएको बताए ।