Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका मुख्यमन्त्रीद्वारा तोडफोड र आगजनी भएको कार्यालयको स्थलगत निरीक्षण

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३१, २०८२  | साँझ ६:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालै भएको तोडफोड र आगजनीबाट क्षति पुगेको प्रदेश कार्यालयको आज स्थलगत निरीक्षण गरेका छन्

‘जेन जी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीले घटनास्थलको अवलोकन गरेका हुन्। उनले प्रदेश सरकारका सचिवसहित उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गरी क्षतिको विवरण संकलन गर्न निर्देशन दिए।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले तत्काल क्षतिको मूल्याङ्कन गरी पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई आग्रह गर्दै, यस्ता घटनाबाट भविष्यमा जोगिन सुरक्षा व्यवस्था कडा पार्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले केही दिनभित्रै घटनाबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka