Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभा सचिवालयबाट लुटिएका सामग्री फिर्ता गर्न आग्रह

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २८, २०८२  | साँझ ४:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सभा सचिवालय, विराटनगरमा २०७८ साल असोज २४ गते भएको तोडफोड र आगजनीका क्रममा लुटिएका सामग्रीहरू फिर्ता गरिदिन सचिवालयले सार्वजनिक अपिल गरेको छ।

सचिवालयका कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमात्यद्वारा जारी सूचनामा सवारी साधन, कम्प्युटर, प्रिन्टर, स्क्यानर, टिभी, सोफा, टेबल, कुर्सी लगायतका सामग्रीहरू लुटिएको जनाइएको छ। यस्ता सामग्री जो–कोही व्यक्तिको कब्जामा भएमा तत्काल सम्पर्क गरेर सचिवालयमा बुझाउन अनुरोध गरिएको छ।

बिज्ञापन

सचिवालयले यस अभियानमा सहकार्य गर्ने नागरिक समुदायप्रति आभार व्यक्त गर्दै यसलाई “पुनः प्राप्ति अभियान” का रूपमा अघि बढाइएको जानकारी दिएको छ।

साथै, सचिवालयले लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको र कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

सम्पर्कका लागि सहायक अधिकृत कुमार फुयाल (मो. नं. ९८४५२३९६६३) र सोमनाथ नेपाल (मो. नं. ९८४२०९५२३१) का नम्बर सार्वजनिक गरिएको छ।

यसबीच, केही युवाहरूको पहलमा लुटपाटमा लगेका सोफा, कुर्सी लगायतका सामग्रीहरू फिर्ता गरिएको सचिवालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka