Premier Cables
Premier Steel

राष्ट्रिय

नेपाली सेनाको आग्रह: भ्रममा नपरौं, आधिकारिक सूचनामा मात्र विश्वास गरौं

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | बिहान ९:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पछिल्लो समय उत्पन्न परिस्थिति र सामाजिक सञ्जालमा नेपाली सेनासम्बन्धी भ्रामक टिप्पणी, अडकल तथा विश्लेषणहरू व्यापक रुपमा फैलिन थालेपछि नेपाली सेनाले आधिकारिक सूचनामात्रैमा भर पर्न आग्रह गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा सेनालाई जोडेर प्रसारित सूचनाहरू आधारहीन र अनधिकृत रहेको उल्लेख छ।

बिज्ञापन

सेनाले आफ्ना धारणाहरू प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फतमात्रै सार्वजनिक गर्ने स्पष्ट पारेको छ।

साथै सेनाले आधिकारिक जानकारी प्राप्त गर्नका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न सकिने बताएको छ।

साथै, विभिन्न क्षेत्रमा खटिएका युनिटहरूसँग समन्वयका लागि सम्पर्क गर्न सकिने मोबाइल नम्बरहरूको सूची समेत सार्वजनिक गरिएको छ।

सम्पर्क नम्बरहरू (क्षेत्रअनुसार):
१. पूर्वी क्षेत्र (झापा, इलाम, धनकुटा, भोजपुर, आदि):
📞 9852084904

२. मध्य पूर्वी क्षेत्र (पर्सा, बारा, सर्लाही, रौतहट, आदि):
📞 9852070392

३. मध्य क्षेत्र (चितवन, मकवानपुर, नुवाकोट):
📞 9853025585

४. मध्य पश्चिम क्षेत्र (रुपन्देही, पाल्पा, गुल्मी, आदि):
📞 9857037125

५. मध्य पश्चिम क्षेत्र (२) (तानहुँ, पर्वत, कास्की, आदि):
📞 9856011982

६. उत्तर पश्चिम क्षेत्र (बाँके, बर्दिया, सुर्खेत, दैलेख, आदि):
📞 9858029977

७. सुदूर पश्चिम क्षेत्र (कैलाली, डोटी, अछाम, बैतडी, आदि):
📞 9858405461

८. उपत्यका क्षेत्र (काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक):
📞 9851016522

नेपाली सेनाले कुनै पनि भ्रामक र अपुष्ट सूचनामा विश्वास नगरी केवल आधिकारिक माध्यमहरूमार्फत प्राप्त जानकारीमा भर पर्न सबैलाई अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka