Premier Cables
Premier Steel

राष्ट्रिय

चुनावी सुरक्षाका लागि भोलिदेखि सेना फिल्डमा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ २०, २०८२  | बिहान ६:४४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना बुधबार (२१ माघ)देखि परिचालन हुने भएको छ।

निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार २१ माघदेखि नेपाली सेनाले फिल्ड गस्ती सुरु गर्न लागेको हो।

बिज्ञापन

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना परिचालन गरिन लागेको हो।

‘हाम्रोतर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ। २१ माघदेखि निर्वाचन पूर्वको सुरक्षा रणनीतिअनुसार सेना फिल्डमा खटिन्छ,’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग बताए।

निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन गरिनेछ। आवश्यकताअनुसार उनीहरूले गस्ती तथा पेट्रोलिङ गर्नेछन्। संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती समेत गरिने जनाइएको छ।

संवेदनशीलताका आधारमा सेनाले गस्ती गर्नेछ। निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै तेस्रो घेरामा बसेर सेनाले सुरक्षा जिम्मेवारी सम्हाल्छ
– बस्नेतले बताए।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमा सेना परिचालनका लागि स्वीकृति दिएका थिए। त्यसपछि नेपाली सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना निर्माण गर्दै सोहीअनुसार तालिम तथा अभ्याससमेत सम्पन्न गरेको थियो।

यसअघि ९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले तयार पारेको प्रतिवेदन ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा पेश गरिएको थियो, जसलाई समितिले अनुमोदन गरेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka