Premier Cables
Premier Steel

समाचार

विराटनगरसहित मोरङमा घट्यो कर्फ्यु र निषेधाज्ञाको अवधि

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | बिहान ९:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आज शुक्रबार (२०८२ भदौ २७ गते) विशेष सुरक्षा व्यवस्था अपनाउँदै मोरङ जिल्ला भरि बिहान १० बजेबाट बेलुका ४ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

त्यसपछि बेलुका ७:०० बजेबाट भोलिपल्ट बिहान ५:०० बजे सम्मका लागि कर्फ्यू आदेशको निरन्तरता रहने प्रशासनले जनाएको छ। यसअघि ५ बजेबाट कर्फ्यू लगाईंदै आएको थियो । निषेधाज्ञाको समय पनि घटाउँदै लगिएको छ ।

बिज्ञापन

सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले नागरिकहरूलाई नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई सीमित कर्मचारी राखेर सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सबैलाई संयमता अपनाउन र अनावश्यक आवतजावत नगर्न चेतावनी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka