Premier Cables
Premier Steel

समाचार

एमाले झापा कार्यालयमा तोडफोड र आगजनी

Calendar मंगलबार, भाद्र २४, २०८२  | बिहान ११:०७ बजे

विराटनगर ।‌ झापामा बिहानैदेखि जेनजी पुस्ताले  बिहानै देखि प्रदर्शन शुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै जेनजी पुस्ताले आन्दोलन चर्काएको हो । त्यस क्रममा बिर्तामोड स्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

बिज्ञापन

बिहानैदेखि बिर्तामोडको मुक्तिचोकमा आन्दोलनकारीहरुले टायर बालिरहेका छन् ।

बिर्तामोड ५ मुक्ति चोकमा करिब ३०० जना प्रदर्शनकारीहरुले स्वतस्फूर्त रुपमा भेला भई पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामानहरु, प्रहरी पोष्टहरु , ट्राफिक चिन्हहरु सडकमा ल्याई आगजनी गरिरहेका छन् ।

हालको अवस्था तनाबग्रस्त रहेको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka