विराटनगर । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएएका जेनजीले सुनसरीको इटहरी उपनगरपालिकामा तोडफोड गरेका छन् ।
त्यस क्रममा स्थिति नियन्त्रण बाहिर जाने देखेपछि प्रहरीले हवाई फायर खोलेको छ । विराटनगर महानगरपालिकाको गेड भत्काउने प्रयास गर्दै प्रदर्शनकारीले ढुंगामुढा गरे । उनीहरुले विराटनगरका मेयर नागेश कोइराला विरुद्ध नारवाजी गरे ।
बिज्ञापन
इटहरीमा उपमहानगर परिसरभित्र प्रदर्शनकारी छिरेपछि प्रहरीले गोली चलाएको हो । त्यस क्रममा लाठीचार्ज पनि भएको थियो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थिति नियन्त्रण बाहिर जान नदिन प्रहरीले कदम चालेको बताए । इटहरीमा बाक्लो उपस्थितिसहित प्रदर्शनकारीले नारावाजी गर्दै उपमहानगरतर्फ बढेका थिए ।