Premier Cables
Premier Steel

समाचार

सोह्रश्राद्ध आजबाट सुरु, दिवंगत पितृप्रति श्रद्धाञ्जली

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | बिहान १०:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। यस वर्षको सोह्रश्राद्ध (पितृ पक्ष) आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म १६ दिनसम्म मनाइने यो धार्मिक पक्षमा दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरिन्छ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार, कुनै पनि चाडपर्व वा विशेष कार्य सुरु गर्नु अघि पितृलाई श्रद्धापूर्वक सम्झिने चलन रहेको छ। सोह्रश्राद्ध त्यही श्रद्धा र कर्तव्यबोधको प्रतीक मानिन्छ।

बिज्ञापन

शास्त्रीय मान्यताअनुसार, यस अवधिमा पितृहरूले आफ्ना सन्तानबाट तर्पण र पिण्डको अपेक्षा गर्ने विश्वास रहिआएको छ। त्यसैले, यो कर्मले पितृप्रतिको दायित्व पूरा गर्नुका साथै पितृऋणबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

यदि कुनै कारणवश सोह्रश्राद्ध निर्धारित दिनमा गर्न नसकेमा, कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) मा पनि गर्न सकिने उल्लेख धर्मसिन्धु नामक ग्रन्थमा छ। त्यसमा पनि नभ्याएमा वृश्चिक संक्रान्तिसम्म श्राद्ध गर्न मिल्ने व्यवस्था गरिएको छ।

पितृपक्ष सकिएपछि सुरु हुने दुर्गापक्ष (बडादसैँ) लाई स्वागत गर्नुअघि पितृलाई सन्तुष्ट पार्ने यो परम्परा वैदिक धर्मशास्त्रमा विशेष रूपमा उल्लेख गरिएको छ।

आज सोह्रश्राद्धको पहिलो दिन भएकाले पशुपतिनाथ क्षेत्र लगायत देशका विभिन्न तीर्थस्थलहरूमा बिहानैदेखि श्राद्ध गर्न आउनेहरूको भीड लागेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa