Premier Cables
Premier Steel

समाचार

दसैँमा खुल्दै नागढुंगा सुरुङमार्ग, कुनै शुल्क नलिइने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | राती ८:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । आगामी दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यकाबाट बाहिरिने र दसैँपछि फर्किने बसहरूलाई ‘वान-वे’ प्रणालीमार्फत चलाउनेबारे छलफल गरिरहेको जनाएको छ।

२.६ किलोमिटर लम्बाइको यो सुरुङमार्गको ९५ प्रतिशत काम सकिएको छ। हाल सबै उपकरणहरूको अन्तिम परीक्षण भइरहेको परामर्शदाता इन्जिनियर रमेश कोइरालाले जानकारी दिए।

बिज्ञापन

दसैँभर भने सवारी आउजाउ गर्दा कुनै शुल्क नलाग्ने भएकाे छ ।

उनले सुरक्षाका लागि सीसीटीभी, इभ्याकुएसन टनेल, धुवाँ नियन्त्रण प्रणाली, आगलागी नियन्त्रण उपकरण, विद्युत आपूर्ति लाइन र आरएफआईडी टोल कलेक्सन प्रणाली जडान भइसकेको बताए।

सुरुङमार्ग सर्वसाधारणका लागि औपचारिक रूपमा सन् २०२६ जनवरी (पुस) देखि मात्र सञ्चालनमा आउनेछ। हाल सेवा प्रदायक छनोट र सञ्चालनसम्बन्धी तालिमको तयारी भइरहेको विभागले जनाएको छ।

मन्त्रिपरिषद्ले सवारीको प्रकारअनुसार शुल्क निर्धारण गरिसकेको छ-कार/भ्यानका लागि ६०-६५ रुपैयाँ, मिनी बस/ट्रकका लागि ८०-११५ रुपैयाँ, बस/ट्रकका लागि २००-२६० रुपैयाँ र भारी उपकरणका लागि २५०-६०० रुपैयाँ। मोटरसाइकल भने सुरुङमा प्रवेश गर्न पाउने छैनन्।

करिब २३ अर्ब लागतमा बनेको यो परियोजना २०७६ कार्तिकदेखि जापानी कम्पनी हाज्मा–आन्दोले निर्माण सुरु गरेको हो। जाइकाबाट १७ अर्बभन्दा बढी सहुलियत ऋण उपलब्ध भएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रमा देखिने अत्यधिक जाम कम हुने र दूरी करिब ८ किलोमिटर छोटिने लाभ हुने बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa